‘बजेट अर्थमन्त्री र माओवादीतिर मात्रै केन्द्रित भयो ’: केपी ओली



काठमाडौं,जेठ १९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट अर्थमन्त्री र माओवादीतिर मात्रै ढल्किएजस्तो देखिएको टिप्पणी गरेका छन् ।

शनिबार नयाँ बानेश्वरस्थित ल्होत्से हलमा जारी एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले बजेट अर्थमन्त्री र माओवादीतिर मात्रै ढल्किएको जस्तो देखिएपनि समर्थन गरेर अघि बढ्ने बताए ।

यद्यपी, बजेटमा केही कमजोरी भेटिएमा त्यसको आलोचना गर्न सकिने ओलीको भनाई छ।ओलीले आफ्नो क्षेत्रमा अनियमित ढङ्गले बजेट वितरण गरिएको भए आवाज उठाउन सांसदहरुलाई आग्रह गरे ।

उनले भने, ‘बजेटमाथि आलोचना नै गर्न नहुने भन्ने होइन । बजेटमा रहेको कमीबारे माननीयज्यूहरूले आफ्नो क्षेत्रमा, जिल्लामा, प्रदेशमा हिजोको अवस्थामा र आजको अवस्थामा के कमी कमजोरी छ, के बढ्नुपर्थ्यो वा के घट्यो त्यस्ता विषयहरूमा स्वाभाविक रूपमा प्रश्नहरू उठाउन सक्नुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्