नेपाल स्रष्टा समाज बागमती प्रदेश तदर्थ समितिको घोषणा



काठमाडौं,जेठ १९ । नेपाल स्रस्टा समाज वागमती प्रदेश तदर्थ समितिको आयोजनामा निम्तो रेस्टुरेन्ट,अनामनगरमा नेपाल स्रस्टा समाज,वागमती प्रदेश तदर्थ समितिको घोषणा गरिएको छ। कार्यक्रममा कवि सुस्मा आचार्यद्वारा लिखित कबिता संग्रह अक्षरको आयतनमाथी अन्तरक्रिया समेत भएको थियोे ।

वागमती प्रदेश तदर्थ समितिका संयोजक श्री रबिन्द्र आशिष शैलिको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल स्रस्टा समाजका पदाधिकारी तथा सदस्यहरु,वागमती प्रदेश तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरु,साहित्य क्षेत्रमा बिशिस्ट स्थान हासिल गरेका साहित्यकार तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

गीतकार हरिकृष्ण धिताल(एच.के.)द्वारा संचालन गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाल स्रस्टा समाजका अध्यक्ष श्री श्रीॐ श्रेष्ठ रोदन,बिशिस्ट अतिथिहरुमा संरक्षक तथा नियात्राकार पवन आलोक,गीतकार संघ,नेपालका अध्यक्ष बसन्त बित्यासी थापा,समालोचक प्रा.डा. ज्ञानु अधिकारी,अनेसास नेपाल च्याप्टर अध्यक्ष राजेन्द्र के.सि.,कोशी प्रदेश तदर्थ समिती अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली,भानु प्रतिस्ठानका कोषाध्यक्ष हरिबोल ढकाल थिए ।

दुई चरणमा संचालित कार्यक्रममा प्रमुख अतिथि रोदनले ७ सदस्यीय वागमती प्रदेश तदर्थ समितीको बिधिवत घोषणा गरे । उक्त समितिमा रबिन्द्र आशिष शैली(काभ्रेपलान्चोक) संयोजक,हरिकृष्ण धिताल(काठमाडौ ) सचिब,सदस्यहरुमा बिष्णु थापा(काठमाडौ),सुस्मा आचार्य (ललितपुर ),एलिसा ढुंगाना(काभ्रेपलान्चोक),देबराज खरेल(मकवानपुर ) र रोहित सैजु(रामेछाप ) थिए ।

दोश्रो सत्रमा कवि सुस्मा आचार्यद्वारा लिखित कबिता संग्रह अक्षरको आयतनमाथी स्रस्टा आचार्य र उपस्थित पाठकहरु बिच अन्तरक्रिया सम्पन्न भएको थियो । अन्तरक्रिया पछि समालोचक प्रा.डा.ज्ञानु अधिकारीले समिक्षात्मक टिप्पणी गरेकी थिइन  ।

उक्त कार्यक्रममा लब्धप्रतिस्ठित साहित्यकारहरु राधेश्याम लेकाली,देबिका तिमल्सिना, माधब बिडारी,लब खड्का,प्रतीक घिमिरे,गंगाप्रसाद भेटवाल,छबिरमण सिलवाल,सुसिला सापकोटा, मधु पाठक,सुरेन्द्र पौडेल,भरत बमजन,मानन्धर आभागी,राज प्रदिप सिंह,भुवन सिवाकोटी ,तुलसीहरि कोईराला ,रुद्र अधिकारी, बिमल भौकाजि,प्रकाश घायल, डिल्लीरमण सुबेदी लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्