सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति घट्यो ?



काठमाडौं,जेठ २३ । बुधवार सुनको मूल्यमा गिरावट आएको छ । नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको छ ।

साताको तेस्रो कारोबार दिन अर्थात् मंगलबार १ लाख ४२ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो । तर, आज भने घटेर १ लाख ४२ हजार २०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य भने १ लाख ४१ हजार ५०० रुपैयाँ तोकिएको छ ।

यस्तै, बुधवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेर १ हजार ८२५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्