१० देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन, साउदी अरबका लागि प्रस्तावित नाम अस्वीकृत
काठमाडौं,असोज २८ । संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतमध्ये १० देशका प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ। बुधबार बसेको समितिको बैठकले १० जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो।
समितिले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जबरा र जर्मनीका लागि सरू जोशीको नाम अनुमोदन गरेको छ।
त्यस्तै, इजरायलका लागि सुरेशकुमार कर्ण, ओमानका लागि पदमाक्षी राणा, गणतन्त्र कोरियाका लागि प्रा. डा. संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र श्रीलंकाका लागि डा. मञ्चला कुमारी झाको नाम पनि समितिले अनुमोदन गरेको छ।
समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार बैठकले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम भने अस्वीकृत गरेको छ।

