नुवाकोट ककनीमा खाना पकाउने ग्यासबाट फैलिएको आगोमा जलेर तामाङ दम्पती गम्भीर घाइते



नुवाकोट,जेठ २४ । खाना पकाउने ग्यासबाट जलेर ककनी गाउँपालिका वडा नम्बर ७ थर्पुगाउँका तामाङ दम्पती गम्भीर घाइते भएका छन् ।

बिहीबार बिहान खाना पकाउन ग्यासको रेगुलेटर परिवर्तन गर्ने क्रममा ग्यास चुहिएर आगो सल्किदा स्थानीय महेन्द्र तामाङ र उनकी श्रीमती विपना तामाङ जलेर गम्भीर घाइते भएका हुन् । आगलागीबाट श्रीमती विपनाको शरीर ४० प्रतिशत जलेको छ भने श्रीमान समेत गम्भीर अवस्थामा रहेको स्थानीय शिक्षक शेषमान तामाङले बताए ।

उनीहरुको अहिले किर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भैरहेको शिक्षक तामाङले बताए । निम्न जीवनस्तरको रहेकाले उपचारमा थप समस्या उत्पन्न भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्