सरकार विरुद्ध एनसेलको मुद्दा: पूर्ण सुनुवाइ जेठ २९ गते



काठमाडौं,जेठ २५ । एनसेलले सरकार विरुद्ध दायर गरेको रिटको पूर्ण सुनुवाई आगामी जेठ २९ गते हुने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर एनसेलले दायर गरेको रिटको पूर्ण सुनुवाइका लागि जेठ २९ गतेमा पेसी तोकिएको हो ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र सुनिलकुमार पोखरेलको इजलासले २९ गते पेसी तोक्ने निर्णय गरेको हो । एनसेलले अनावश्यक कर निर्धारण गर्न खोजेको भन्दै २०७८ पुस २७ गते सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्