नेप्से परिसूचक २१ अङ्कले बढ्यो, चार अर्बभन्दा बढीको कारोबार
काठमाडौं,असोज २८ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज २१ दशमलव ३२ अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक बढेर दुई हजार ६२१ दशमलव २६ विन्दुमा पुगेको हो।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ७९ अङ्कले बढेर ४७४ दशमलव ९६ विन्दुमा पुगेको छ। त्यस्तै, फ्लोट सूचक एक दशमलव ६१ अङ्कले बढेर १८१ दशमलव ६३ र सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ७१ अङ्कले बढेर १६० दशमलव ६८ विन्दुमा पुगेको छ।
आज विभिन्न कम्पनीका एक करोड १६ लाख ७४ हजार २०९ कित्ता शेयर चार अर्ब १३ करोड ६१ लाख ६१ हजार ३३१ रुपैयाँमा खरिदबिक्री भएका छन्।
कारोबार भएका १३ वटै उपसमूहको सूचक बढेको छ। आज १८८ कम्पनीको शेयर मूल्य बढ्दा ८० कम्पनीको घटेको छ भने नौ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज एसबिएल डिबेञ्चर, नेपाल एसबिआई बैंक डिबेञ्चर र उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन्। यस्तै, सगरमाथा जलविद्युत् कम्पनी, एभरेष्ट कलर र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन्।

