नुवाकोट शिवपुरीमा पशु स्वास्थ्य शिविर



नुवाकोट,जेठ २६ । जिल्लाको शिवपुरी गाउँपालिका कृषि तथा पशुपालन शाखाले पशु स्वास्थ्य शिविर संचालन गरेको छ ।

शुक्रबार शिवपुरी गाउँपालिका वडा नम्बर ८ थानापतिको वडा कार्यालयमा एक दिने पशु स्वास्थ शिबिर सम्पन्न भएको हो ।

शिविरमा १७९ पशुपंक्षिको उपचार तथा परामर्श गरिएको जिल्ला पशुशाखा प्रमुख सन्देश पौडेलले जानकारी दिए ।

गाउँपालिकाले पशुपालन क्षेत्रमा प्रोत्साहन गर्न पछिल्लो समय प्रतिलिटर रु ४ रुपैयाँ दुध उत्पादन प्रोत्साहन अनुदान समेत दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्