चिनियाँ मार्सल आर्ट ताई चीको तालिम सम्पन्न



काठमाडौं,जेठ २७ । चिनियाँ मार्सल आर्ट ताई चीको तीन महीने तालिम काठमाडौंमा सम्पन्न भएको छ । तालिममा सहभागी २० जनाले आफूले सिकेका शीप प्रदर्शन गरेका छन् । 

नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्रले तालिम कार्यक्रम आयोजना गरेको हो । ‘नेपालीहरूले तालिमबाट चिनियाँ मार्सल आर्ट ताई चीको आधारभूत सीप सिकेर लाभ लिन सक्नेछन्,’ नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्रका निर्देशक सियाओ जियाङले भने ।

नेपाली प्रशिक्षार्थीलाई प्रशिक्षक मचा रत्न महर्जन तालिम दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्