खच्चडको उद्धारपछि पुलमा आवतजावत बन्द 



अछाम,जेठ २७ । कर्णाली नदीमाथि अड्किएका १३ खच्चड मध्य उद्धारको क्रममा दुई खच्चड मरेका छन्। ११ वटाको जीवितै उद्धार भएको हो । 

आइतबार बिहान ९ बजेतिर अछामको पञ्चदेवल विनायक नगरपालिकाबाट चामल लिन दैलेखको आठविस नगरपालिका-४ खिड्कीज्यूला जानेक्रममा झोलुङ्गे पुलको लठ्ठा चुँडिँदा पुलमा अड्किएका खच्चडको उद्धारका लागि सुरक्षाकर्मी पुगेका थिए। 

बिहान ९ बजेतिर फसेका खच्चडको उद्धारका लागि अछाम र दैलेख जिल्लाबाट सशस्त्र प्रहरी, जनपथ प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो।

खच्चड अड्किएको पुलमा जान असहज भएपछि पुलको लठ्ठा नै काट्नु परेको अछामका प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए ।

प्रतिक्रिया दिनुहोस्