प्रधानमन्त्री दाहाललाई भारतले यसरी गर्यो स्वागत



काठमाडौं,जेठ २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’भारतको राजधानी नयाँदिल्ली पुगेका छन्। प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको विदेश मन्त्रालयका विशेष सचिव पी कुमारनले औपचारिक स्वागत गरेका हुन्।

प्रधानमन्त्री दाहालको स्वागतका लागि विमानस्थल बाहिर सांस्कृति कार्यक्रम आयोजना गरिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल आइतबार दिउँसो भारत प्रस्थान गरेका हुन्। शपथपछि प्रधानमन्त्री दाहाल र मोदीबीच आइतबार भेटवार्ता हुने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्कने कार्यक्रम छ। भ्रमण टोलीमा प्रधानमन्त्री दाहालसँगै छोरी गंगा दाहाल,कानुन,न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी तथा उच्चपदस्थ सरकारी कर्मचारी रहेका छन्। प्रधानमन्त्री दाहालले यसअघि गत जेठमा भारतको औपचारिक भ्रमण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्