नेपाल सरकारका विकास ऋणपत्रहरु सूचीकृत



काठमाडौं,जेठ २८ ।  आइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल राष्ट्र बैंकले विभिन्न मितिमा निष्काशन गरेका विकास ऋणपत्रहरु सूचीकृत भएका छन् । नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकले निष्कासन गरेका रू.५ अर्बको विकास ऋणपत्र ‘एनपीडीबी०८०३२०८९ (२०८९०३) र रू. १० अर्बको ‘एनपीडीबी०६०५२०८७ (२०८७०५) नेप्सेमा सूचीकृत भएका हुन् ।

एनपीडीबी०८०३२०८९  नामक ऋणपत्रको वार्षिक ब्याजदर ५ दशलमव ३९ प्रतिशत रहेको छ । २०८१ बैंशाख २० गतेसम्म निष्कासन भएका विकास ऋणपत्रहरु नेप्सेमा सूचीकृत भएका हुन ।  यस ऋणपत्रको भुक्तानी मिति २०८९ बैशाख २० गते रहेको छ ।  

एनपीडीबी०६०५२०८७ नामक ऋणपत्रको वार्षिक ब्याजदर ५ दशमलव १७ प्रतिशत रहेको छ । २०८१ जेठ ७ गते सम्म निष्कासन भएका विकास ऋणपत्रहरु नेप्सेमा सूचीकृत भएका हुन ।  यस ऋणपत्रको भुक्तानी मिति २०८७ जेठ ७ गते रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्