मनसुन नेपाल भित्रियो



काठमाण्डाै,जेठ २८ । यस वर्षको मनसुन सरदर मितिभन्दा तीन अगाडि नै नेपाल भित्रिएको छ ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख भए पनि तीन दिन अगाडि अर्थात् आज जुन १० तारिखमै भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेशबाट नेपाल भित्रिएको मनसुन क्रमिक रूपमा केही दिनभित्र देशभर फैलने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्