५.२२ प्रतिशत बढ्यो नेपालीहरुको तलब



काठमाडौं,जेठ २८। नेपालीहरुको तलब तथा ज्यालादर वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशन गरेको चालु आर्थिक वर्ष १० महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।

गत वैशाख महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५.२२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकाङ्क ७.६४ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १.०५ प्रतिशत र ६.४८ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्