त्रिभुवन विमानस्थलमा हवाई दुर्घटना, यसरी हुन्छ उद्धार



काठमाडौं,जेठ २९ । दिउसो १ बजेको समय, आकाशमा  धुवाँको मुस्लो, वरिपरि सुरक्षाकर्मी  (नेपाली सेना, प्रहरी) तैनाथ, एम्बुलेन्स र शबवहानहरू तयारी अवस्थामा, वरपरसम्म फैलिएका छरपष्ट घाइते र लास, ऐया! बचाउ भन्ने स्वर सहितको कोलाहल । यो दृष्य हो नेपालको एकमात्र व्यस्त विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ।
यो दृष्य कुनै विमान दुर्घटनाका कारण नभइ नेपाल नागरिक उड्डयन प्राधिकरण आँफै तयार पारेको नाटकीय दृष्य हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा संकटकालीन योजना अभ्यास गरिएको हो ।

सोमवार‘विमानस्थल संकटकालीन’ पूर्व अभ्यासका लागि मुलुकको एकमात्र व्यस्त विमानस्थलमा सोमवार अपराह्न आधा घण्टा बन्द भएको थियो । यो अभ्यास गर्दा विमानस्थल सोमबार दिउँसो १ बजेदेखि १:३० बजेसम्म जहाज उडान र अवतरणलगायत काम प्रभावित बन्यो ।

हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बद्ध विभिन्न निकायको सहभागितामा नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले संकटकालीन योजनाअनुसार गरिने विभिन्न नमूना अभ्यास गरेको हो। सो क्रममा जहाज दुर्घटनामा परेका खण्डमा कसरी उद्धार गर्नेजस्ता अभ्यास गरिएको थियो। संकटका अवस्थामा सहभागी हुने निकायबीच सहयोग अभिवृद्धि गर्न र दुर्घटनाका बेला जनधनको क्षति न्यून गराउन यो अभ्यास गरिएको हो।

प्रतिक्रिया दिनुहोस्