सुनको भाउ तीन दिनदेखि स्थिर, चाँदीको घट्यो



काठमाडौं,जेठ २९। सुनको मूल्य विगत तीन दिनदेखि स्थिर छ । गत आइतबार नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख ४१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । सोमबार पनि सोही मूल्य निर्धारण भएको थियो ।

लगातर तेस्रो दिन अर्थात् मंगलबार पनि सुनको थपघट भएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि पनि १ लाख ४१ हजार रुपैयाँ तोकेको छ ।

साताको तेस्रो कारोबार दिन तेजावी सुनको मूल्य भने १ लाख ४० हजार ३०० रुपैयाँ कायम भएको छ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज तोलामा १० रुपैयाँले घटेर १ हजार ८१५ रुपैयाँ कायम भएको छ । सोमबार भने १ हजार ८२५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्