आगामी आर्थिक वर्षको बजेट असार ७ गते पारित गर्ने तयारी



काठमाडौं,जेठ २९ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट असार ७ गते पारित गर्ने तयारी भएको छ । संघीय संसद अन्र्तगत प्रतिनिधि सभाबाट असार ७ गते बजेट पारित गर्ने भएको हो ।

संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने भनिएको छ । अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते आगामी आवक लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थिए । बजेटमाथि सामान्य छलफल सकिएको छ। आजदेखि मन्त्रालयगत बजेटमाथि छलफल सुरु हुँदैछ ।

आज चारवटा मन्त्रालय युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत विनियोजन भएको बजेटमाथि छलफल गर्ने कार्यसूची छ ।

आगामी असार ७ गतेसम्म बजेटको शीर्षकगत छलफल चल्नेछ । सोही दिन बजेट पारित गर्ने संसदीय क्यालेन्डरमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्