नेकपा (एमाले) नुवाकोट दुप्चेश्वरको अध्यक्षमा मईतबहादुर तामाङ 



नुवाकोट,माघ १२ । नेकपा (एमाले) दुप्चेश्वर गाउँपालिका कमिटी नुवाकोटको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले मईतबहादुर तामाङको अध्यक्षतामा ३९ सदस्यीय कमिटी निर्बिरोध निर्वाचित गरेको छ ।

शुक्रबार सम्पन्न अधिवेशनबाट तामाङ पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएको एमाले बागमती प्रदेश कमिटीका सचिवालय सदस्य बलराम आचार्यले जानकारी दिए ।

अधिवेशनबाट उपाध्यक्षमा राजन बुढाथोकी, सचिवमा किशोर आचार्य, उपसचिवमा आर्यन तामाङ र पार्वती तामाङ निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्