दुप्चेश्वर धाममा एकै दिन एक लाख दुई हजार रुपैयाँभन्दा बढी भेटी संकलन
नुवाकोट,कात्तिक २८ । नुवाकोटको प्रसिद्ध धार्मिकस्थल दुप्चेश्वर धाममा शनिबार एक लाख दुई हजार रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ।
दुप्चेश्वर क्षेत्र विकास कोषका अनुसार शनिबार धाममा कुल १ लाख २ हजार ५६ रुपैयाँ भेटी संकलन भएको हो।
संकलित भेटीमध्ये मध्याह्न आरतीबाट ४२ हजार ११५ रुपैयाँ र क्यूआर भुक्तानीमार्फत ३ हजार ७२१ रुपैयाँ प्राप्त भएको छ।
दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले समय अनुकूल हुने श्रद्धालु तथा सर्वसाधारणलाई प्रत्येक दिन बेलुका ५ बजे भेटी गणना हुने स्थानमा उपस्थित भई गणना प्रक्रियामा सहभागी हुन सक्ने जानकारी दिएका छन्।

