सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

काठमाडौं,फागुन १५ । बिहीबार नेपाली बजारमा सुनको घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको छ ।
आज छापावाल एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार ९४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।