अपाङ्गता सशक्तिकरण कार्यक्रमअन्तर्गत बाख्रा वितरण तथा उपचार खर्च सहयोग



नुवाकोट, असार १८ –अपाङ्गता भएका व्यक्ति तथा मानसिक–सामाजिक समस्या भएका व्यक्तिहरूलाई लक्षित गर्दै विदुर नगरपालिका वडा नं ५ को आर्थिक सहयोगमा विशेष कार्यक्रम सम्पन्न गरिएको छ।

विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यता र वडा नं ५ का अध्यक्ष लिलानाथ न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा अपाङ्ग मानव अधिकार मञ्च, नुवाकोटको सहजिकरण रहेको थियो। कार्यक्रममा जिल्ला समन्वय समितिकी सदस्य सन्तोषी देवकोटा लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम अन्तर्गत वडाका चार जना अपाङ्गता भएका व्यक्तिहरूलाई उन्नत जातका बाख्रा शतप्रतिशत अनुदानमा वितरण गरिएको छ भने १२ जनालाई स्वास्थ्य उपचार खर्च स्वरूप प्रतिव्यक्ति तीन हजार रुपैयाँ नगद प्रदान गरिएको वडा कार्यालयले जनाएको छ।

कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर उकास्न र आत्मनिर्भर बनाउने लक्ष्य लिएको आयोजकहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्