नुवाकोटबाट काठमाडौं जाँदै गरेको ईभी र मोटरसाइकल ठोक्किँदा एक जना घाइते



नुवाकोट, असार २० – नुवाकोटबाट काठमाडौंतर्फ जाँदै गरेको विद्युतीय सवारी (EV) र नुवाकोटतर्फ आइरहेको मोटरसाइकल आपसमा ठोक्किँदा एक जना सामान्य घाइते भएका छन्।

बागमती प्रदेश ०२–००१ ज ५२० नम्बरको ईभी गाडी र विपरीत दिशाबाट गइरहेको मोटरसाइकल जगत बसपार्क नजिकै गुर्जे–टोखा सडकखण्डमा ठोक्किएका हुन्। दुर्घटनामा मोटरसाइकल चालक सामान्य घाइते भएका छन् भने उनलाई तत्काल उपचारका लागि नजिकको स्वास्थ्य केन्द्रमा लगिएको छ।

घटनाको थप विवरण संकलन भैरहेको टोखा प्रहरी प्रभाग काठमाडौले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्