विदुर नगरपालिकाको १ अर्ब १३ करोडको बजेट पारित, नगरसभा सम्पन्न



नुवाको,असार २० — विदुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब १३ करोड ८१ लाख ४३ हजार रुपैयाँको बजेट पारित गरेको छ। नगरपालिकाको १७औं नगरसभाको तेस्रो बैठकमार्फत बजेट पारित गर्दै आज नगरसभा सम्पन्न गरिएको हो।

नगरपालिकाकी उपमेयर प्रभा बोगटीले स्थानिय सरकार जनताको घर–आँगनको सरकार भएको उल्लेख गर्दै सबै नागरिकले अपनत्व महसुस गर्ने सरकार निर्माणमा योगदान दिने सबैप्रति आभार व्यक्त गरिन्। उनले नगर विकासमा समन्वय, सहकार्य र जिम्मेवारीबोधका साथ कार्य गर्नुपर्नेमा जोड दिइन्।

बजेटले आधारभूत सेवा प्रवाह, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक सुरक्षा लगायतका क्षेत्रमा प्राथमिकता दिएको बताइएको छ। नगरपालिकाले बजेटको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवालाको सहयोग अपेक्षा राखेको छ।

प्रतिक्रिया दिनुहोस्