अमेरिका बाढी अपडेटः मृत्यु हुनेको संख्या ४३ पुग्यो, २७ जना अझै बेपत्ता



काठमाडौं,असार २२ । अमेरिकाको टेक्सास राज्यको मध्य भागमा अचानक आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुगेको छ । बाढीमा परी ज्यान गुमाउनेमा १५ जना बालबालिका रहेका छन् ।

२७ जना बालबालिका अझै बेपत्ता छन् । बेपत्ता भएका बालबालिकाको खोजी कार्य तीब्र रुपमा अघि बढाएको उद्दारकर्मीहरुले बताएका छन् । बेपत्ता भएकाहरुलाई जीवितै उद्दार गर्न सकिन्छ कि भनेर आपतकालीन प्रयास जारी रहेको अधिकारीहरुले बताएका छन् ।

बाढी रातको समयमा आएकाले समर क्याम्पमा सहभागी भएका धेरैजसो बालबालिका निदाएकै अवस्थामा बगेका थिए । बालबालिकाका लागि आयोजना गरिएको समर क्याम्प अचानक आएको बाढीले बताएको थियो ।

घटनास्थल वरपरबाट ८ सय ५० जनाको उद्दार गरिएको छ । टेक्सासको ग्वाडालुप नदीको सतह एक घन्टाभन्दा कम समयमा ८ मिटर माथि आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्