अमेरिकी खर्बपति मस्कले नयाँ राजनीतिक दल खोल्ने

काठमाडौं,असार २२ । अमेरिकी खर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी खोल्ने घोषणा गरेका छन् । मस्कले खोल्ने नयाँ पार्टीको नाम अमेरिका पार्टी रहने सामाजिक संजाल एक्स मार्फत घोषणा गरेका हुन् ।
अमेरिकी स्वतन्त्रता दिवसको अवसर पारेर घोषणा गरिएको यो पार्टीको उद्देश्य अमेरिकालाई २ दलीय प्रणालीबाट मुक्त गराउने र जनताको स्वतन्त्रता फिर्ता ल्याउने रहेको छ ।
मस्कले तत्काल दुवै सदनमा केही उम्मेदवार उठाउने पनि उनले बताएका छन् । गत राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गरेको मस्कले कर कानुनका विषयमा ट्रम्पसँग विमति भएपछि नयाँ पार्टी खोल्ने बताएका हुन् ।