व्यथाले छट्पाइरहेकी महिलाको हेलिकोप्टरमार्फत उद्वार



फिदिम,असोज २० । बाढी र पहिरोका कारण सडक अवरुद्व हुँदा अस्पताल लैजान नसक्दा जीवन मरणको दोसाँधमा पुगेकी पाँचथरको फिदिम नगरपालिका –१२ की लिस्सा तुम्रोकको हेलिकोप्टरमार्फत् उद्वार गरिएको छ ।

उहाँलाई नेपाली सेनाको हेलिकोप्टरले फिदिम –१२ पुल भञ्ज्याङबाट उद्वार गरेको हो । आइतबारदेखि सुत्केरी व्यथाले छटपटाइरहेकी उहाँलाई फिदिम नांगीन फालौट मार्गमा बाढी र पहिरोका कारण सडक अवरुद्व हुँदा सुत्केरी गराउन लैजान कठिन भइरहेको थियो ।

यसैविच जनप्रतिनिधि र जिल्ला प्रशासन कार्यालयको आग्रहमा आएको हेलिकोप्टरले उहाँको उद्वार गरेको छ । उहाँलाई झापाको विएण्ड सि अस्ताल  लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्