नेकपा एमाले नेता महेश बस्नेतविरुद्धको रिटमा थप प्रमाण माग्ने अदालतको आदेश
काठमाडौं,असोज २१ । काठमाडौँ जिल्ला अदालतले नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत विरुद्ध दायर रिटमा आज पक्राउ पूर्जी जारी नगरी थप प्रमाण माग्ने आदेश दिएको छ।
बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्नुपर्ने मागसहित दायर गरिएको निवेदनमा अदालतले तत्काल पक्राउ आदेश नदिई थप प्रमाण पेस गर्न निर्देशन दिएको हो।
अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलवार शोभा पाठकद्वारा दायर रिटमाथि सुनुवाइ गर्दै थप प्रमाण पेश गर्न आदेश गरेको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिनुभयो।
शोभा पाठकले बस्नेतविरुद्ध जबरजस्ती करणी र अपहरणलगायत अभियोगमा अनुसन्धान गर्नुपर्ने माग गर्दै अदालतमा रिट निवेदन पेस गरेकी थिइन्।
अदालतले उक्त मुद्दामा प्रारम्भिक अध्ययनपछि प्रमाणसहितको विवरण माग गरेको र सोको आधारमा आगामी दिनमा निर्णय हुने बताइएको छ।

