प्रधानमन्त्री कार्की र जेनजी समूहबीच राष्ट्रपति कार्यालयमा छलफल



काठमाडौं,असोज २५ — प्रधानमन्त्री सुशीला कार्कीसँग मुलुकको समसामयिक राजनीतिक परिस्थिति, जेनजी समूहका माग सम्बोधन र आसन्न निर्वाचनलगायत विषयमा जेनजी समूहका प्रतिनिधिहरूले आज राष्ट्रपति कार्यालयमा भेटघाट गरी छलफल गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा आयोजित छलफलमा प्रधानमन्त्री कार्की, मन्त्रीहरू, र जेनजी समूहका प्रतिनिधि सुदन गुरुङ, प्रवेश दाहाल, मिराज ढुंगानालगायत सहभागी भएका थिए। छलफलमा सुशासन, संविधान संशोधन तथा युवाहरूको माग सम्बोधनका विषयमा जेनजी समूहका तर्फबाट धारणा राखिएको बताइएको छ।

यसअघि विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूबीच शुक्रबार राष्ट्रपति भवनमै आगामी निर्वाचन केन्द्रित छलफल भएको थियो। युवाहरूको आन्दोलनपछि जेनजी समूहका प्रतिनिधिसँग राष्ट्रपति भवनमा पहिलोपटक यस्तो उच्चस्तरीय छलफल भएको हो।

प्रतिक्रिया दिनुहोस्