रौतहटमा करेन्ट लागेर पूर्व वडाध्यक्षको मृत्यु
रौतहट,कात्तिक ५— रौतहटको गौर नगरपालिका–५ का पूर्व वडाध्यक्ष रामस्वार्थ राय यादवको करेन्ट लागेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुधबार आफ्नै बाख्रा फर्ममा पानीका लागि मोटर चलाउने क्रममा यादवलाई करेन्ट लागेको हो।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

