नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक वैशाख २ गते बस्ने
काठमाडौँ, चैत ३० — नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २ गते बुधबार बस्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले सोमबार जारी गरेको विज्ञप्तिअनुसार बैठक दिउँसो २:०० बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्ने तय भएको हो।
बैठकमा सहभागी हुन कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यलाई निर्देशानुसार उपस्थितिका लागि अनुरोध गरिएको जनाइएको छ।

