लेबनान–इजरायलबीच १० दिने युद्धविराम लागू, शान्ति वार्ताको ढोका खुल्ने आशा



काठमाडौं,बैशाख ४ । लेबनान र इजरायलबीच १० दिनका लागि युद्धविराम सम्झौता लागू भएको छ। डोनाल्ड ट्र्म्प (Donald Trump) ले हिजो मात्रै दुई देशबीच अस्थायी युद्धविराम सुरु हुने घोषणा गर्नुभएको थियो।

राष्ट्रपति ट्रम्पका अनुसार दीर्घकालीन शान्ति सम्झौतामा पुग्ने उद्देश्यसहित वार्ताको वातावरण बनाउन अस्थायी युद्धविराम गरिएको हो। स्थायी सुरक्षा व्यवस्था र शान्तिका लागि दुवै पक्षले युद्धविराम लागू गरेको United States Department of State ले पुष्टि गरेको छ।

लेबनानका प्रधानमन्त्री Nawaf Salam ले युद्धविरामको स्वागत गर्दै यसलाई वाशिङ्टनमा भएको हालैको वार्तामा बेरुतले सुरुदेखि उठाउँदै आएको प्रमुख मागको रूपमा व्याख्या गर्नुभएको छ।

यद्यपि, लेबनानी सेनाले युद्धविराम पूर्ण रूपमा कार्यान्वयन नभएसम्म दक्षिणी क्षेत्रका गाउँ तथा सहरमा नफर्कन नागरिकलाई आग्रह गरेको छ। त्यस्तै, इजरायली सेनाले पनि आफूले कब्जा गरेका क्षेत्र आसपास नआउन चेतावनी दिएको छ।

लेबनानको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका अनुसार द्वन्द्व सुरु भएयता दुई हजार १९६ भन्दा बढी मानिसको मृत्यु भएको छ भने सात हजार १८५ भन्दा बढी घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्