संघीय संसद् अधिवेशन स्थगित
काठमाडौँ, वैशाख १० — रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन हालका लागि स्थगित गर्नुभएको छ।
नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३ वैशाख ८ गतेको सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजे संघीय संसद भवन, सिंहदरबारमा अधिवेशन आह्वान गरिएको थियो।
तर, आज बसेको मन्त्रिपरिषद् बैठकको नयाँ सिफारिसका आधारमा विशेष कारणवश उक्त अधिवेशन तत्कालका लागि स्थगित गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
अधिवेशन स्थगित हुनुका कारणबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।


