राप्रपा उपाध्यक्ष विक्रम पाण्डे पक्राउ



काठमाडौँ,बैशाख ११ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन्।

उनीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार पक्राउ गरेको हो। पाण्डे राप्रपाका वरिष्ठ नेता तथा उपाध्यक्षसमेत हुन्।

प्रहरीका अनुसार आफू अनुकूल ठेक्का पार्ने उद्देश्यले ई–बिडिङ प्रणालीको वेबसाइट ह्याक गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्