लामखुट्टे भगाउने प्रयासमै ज्यान गुम्यो : लजमा आगलागी हुँदा मजदुरको मृत्यु




काठमाडौं, बैशाख १२ । कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडस्थित एक लजमा गए राति आगलागी हुँदा एक जना मजदुरको मृत्यु भएको छ।

सुखडस्थित इलाका प्रहरी कार्यालयका अनुसार डडेल्धुराको आलीताल गाउँपालिका–गाङ्खेतका ५० वर्षीय मीनबहादुर बोहोराको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिएका छन्।

प्रहरीका अनुसार लामखुट्टे भगाउन प्रयोग गरिएको अण्डाको क्रेटबाट आगलागी सुरु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। बोहोराले लामखुट्टे धपाउन अण्डाको क्रेट बाल्दा आगो सल्किएको बताइएको छ।

स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो। घटनाबाट भएको क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्