वास्तविक सुकुम्बासीलाई अर्को व्यवस्था नभएसम्म होटलमा बस्ने ब्यवस्था
काठमाडौं,बैशाख १३ । जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा व्यवस्थापन गर्ने कार्य सहज रूपमा अघि बढिरहेको छ।
साहारा नभएका तथा वास्तविक समस्यामा रहेका नागरिकहरूका लागि सरकारले अर्को व्यवस्था नभएसम्म होटल तथा लजमा बस्ने, खाने लगायतका आधारभूत सुविधाहरूको प्रवन्ध मिलाएको छ ।
सहारा चाहिएका तर, अलमलमा परेका नागरिकले कार्य क्षेत्रमा खटिएका प्रहरीसँग सम्पर्क गरी आवश्यक सहयोग लिन सक्नु हुनेछ । साथै, तपाईंहरूको सामान ढुवानीसहित त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सहज रूपमा पुर्याउने व्यवस्था प्रहरीद्वारा मिलाइएको छ ।
तपाईंहरूको सामानको सुरक्षित व्यवस्थापन गरिनेछ । रंगशालामा अभिलेख राखेपछि सम्बन्धित लज तथा होटलमा यातायातसहित बसोबासको व्यवस्था मिलाईएकाे छ ।

