सशस्त्र प्रहरीको नेतृत्वमा फेरबदल: नारायणदत्त पौडेल नयाँ आईजीपी नियुक्त
काठमाडौं, वैशाख १४ — सशस्त्र प्रहरी बल (एपीएफ) को महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेल नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा रहेका पौडेललाई आईजीपी बनाउने निर्णय गरेको हो।
पौडेल सशस्त्र प्रहरी बलका १३औँ आईजीपी प्रमुख बन्नेछन्। हालका आईजीपी राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी आगामी वैशाख १८ गते अवकाशमा जाँदैछन्। उनको अवकाशसँगै रिक्त हुने पदमा सरकारले पौडेललाई नियुक्त गरेको हो।
हाल सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकस्थित मानव स्रोत विभागका प्रमुख रहेका पौडेलले वैशाख १९ गतेदेखि औपचारिक रूपमा कमाण्ड सम्हाल्नेछन्।

