शेखर गोल्छा प्रकरण : सर्वोच्चको २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न आदेश



काठमाडौं,बैशाख १५— सर्वोच्च अदालत ले व्यवसायी शेखर गोल्छा सम्बन्धी बन्दीप्रत्यक्षीकरण रिटमा २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

न्यायाधीश नृपध्वज निरौला को एकल इजलासले आज सुनुवाइ गर्दै सूचना म्याद प्राप्त भएको मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेश गर्न केन्द्रीय अनुसन्धान ब्यूरो, काठमाडौंलाई निर्देशन दिएको हो।

व्यवसायी गोल्छाका तर्फबाट उनकी पत्नी सीमा गोल्छाले गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्दै तत्काल थुनामुक्त गर्न माग गर्नुभएको थियो।

अदालतको आदेशमा रिट निवेदनको प्रति संलग्न गरी विपक्षीका नाममा सूचना म्याद जारी गर्न र निर्धारित समयभित्र जवाफ प्राप्त नभएपछि आवश्यक कागजातसहित अनुसन्धान फाइल झिकाउन समेत भनिएको छ।

प्रतिक्रिया दिनुहोस्