संसद् स्थगित गर्दै बालेन सरकार अध्यादेशतर्फ, दुई विधेयक राष्ट्रपतिसमक्ष सिफारिस



काठमाडौं,बैशाख १५— झन्डै दुई तिहाइ बहुमतको शक्तिशाली भनिएको बालेन साह नेतृत्वको सरकारले अन्ततः अध्यादेशको बाटो रोजेको छ। केही दिनअघि आह्वान गरिएको संसद् अधिवेशन हठात् स्थगन गरेलगत्तै सरकारले मंगलबार दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी तथा संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश ल्याउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार अध्यादेश राष्ट्रपतिसमक्ष पठाइएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरका अनुसार दुवै अध्यादेश प्राप्त भइसकेका छन् र हाल अध्ययनको प्रक्रियामा रहेका छन्। उनले थाहाखबरसँग भने, “दुईवटा अध्यादेश सिफारिस भएर आएका छन्, अहिले अध्ययन भइरहेको छ।”

सरकारले संसद् अधिवेशन स्थगन गरेर अध्यादेशमार्फत कानुनी व्यवस्था अघि बढाउन खोजेको कदमलाई लिएर राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्