कांग्रेस संसदीय दलमा थापा प्रमुख सचेतक, राई सचेतक नियुक्त
काठमाडौँ, वैशाख १६। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस को संसदीय दलमा नयाँ जिम्मेवारी तोकिएको छ। दलका नेता भीष्मराज आङदेम्बे ले बुधबार प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कललाई राई लाई मनोनयन गर्नुभएको हो।
संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १३ (२) अनुसार थापालाई प्रमुख सचेतक र धारा १३ (३) अनुसार राईलाई सचेतकमा नियुक्त गरिएको जनाइएको छ।
दलभित्र संसदीय गतिविधि प्रभावकारी बनाउन र समन्वय सुदृढ गर्न यी नियुक्ति गरिएको नेताहरूले बताएका छन्।

