शुक्रबार देशभर सार्वजनिक बिदा



काठमाडौँ, वैशाख १६  । सरकारले आउँदो शुक्रबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्ध जयन्तीको अवसरमा (वैशाख १८) सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

वैशाख शुक्ल पूर्णिमाको दिनलाई बुद्ध जयन्तीका रूपमा मनाइने भए पनि चण्डी पूर्णिमाका रूपमा पनि विशेष महत्वका साथ मनाइन्छ । यस अवसरमा देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने गरिन्छ ।

यसै दिन किराँत समुदायअन्तर्गत राई, लिम्बू, याक्खा र सुनुवार समुदायले उभौली पर्व मनाउने परम्परा रहेको छ । उभौली पर्वका अवसरमा भूमेस्थानमा पूजा आराधना गरी प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने चलन रहेको छ ।

त्यसैगरी विभिन्न समुदायले यस दिन कूलपूजा गर्ने प्रचलन पनि रहेको छ, जसले पारिवारिक तथा सांस्कृतिक एकताको सन्देश प्रवाह गर्ने विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्