काठमाडौँमा अतिक्रमित बस्ती हटाइने, शुक्रबारदेखि खाली गराइने



काठमाडौँ,बैशाख १६ । काठमाडौँ जिल्लाभित्र अतिक्रमण गरेर बसेका सबै बस्तीहरु आगामी शुक्रबारदेखि खाली गराइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले बुधबार एक सूचना जारी गर्दै जिल्लाभरिका विभिन्न स्थानमा सरकारी, पर्ति, सार्वजनिक तथा निजी स्वामित्वका जग्गा अतिक्रमण गरी अनधिकृत रूपमा बसोबास गर्दै आएका बस्ती हटाउने निर्णय गरेको जनाएको छ ।

प्रशासनका अनुसार वैशाख १८ गते बिहान ७ बजेदेखि यस्तो अतिक्रमित बस्ती खाली गराउने कार्य सुरु गरिनेछ ।

प्रशासनले सो समयअघि नै स्वेच्छिक रूपमा बस्ती खाली गर्न सम्बन्धित व्यक्तिहरूलाई आग्रह गरेको छ ।

लामो समयदेखि अतिक्रमण गरी बसोबास गर्दै आएका बस्ती हटाउने अभियान अन्तर्गत यो कदम चालिएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्