६ मध्ये एउटा मात्रै अध्यादेश जारी, सहकारी संशोधन अध्यादेश लागू
काठमाडौँ, वैशाख १७ — सरकारले सिफारिस गरेका ६ वटा अध्यादेशमध्ये राष्ट्रपति रामचन्द्र पौडेल ले बिहीवार सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ मात्रै जारी गरेका छन्।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारी गरिएको हो।
सरकारले एकैपटक ६ वटा अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको भए पनि हालसम्म सहकारीसम्बन्धी अध्यादेश मात्रै जारी भएको छ। बाँकी अध्यादेशको अवस्था भने स्पष्ट गरिएको छैन।


