सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न सुरु गर्छौं: सभापति थापा



काठमाडौँ,बैशाख १८- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्ने स्पष्ट जनादेश दिएकाले पार्टीले आगामी पाँच वर्ष जिम्मेवार, सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

आज १३७औँ विश्व श्रमिक दिवसका अवसरमा ‘लोकतन्त्र, ट्रेड युनियन र मानवअधिकारः समग्र श्रमिकको संवैधानिक अधिकार’ भन्ने नारासहित नेपाल ट्रेड युनियन कांग्रेसद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा सभापति थापाले कांग्रेस जनादेशअनुसार अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

सभापति थापाले सरकार बहुमतको दम्बमा चलेको भन्दै आफ्नो मौनतालाई कमजोरी नमान्न सरकारलाई चुनौति पनि दिनुभयो । उहाँले सुकुम्बासीको समस्या संविधानको दायराभित्र बसेर गर्नुपर्ने उल्लेख गर्नुभयो । साथै सरकारले अध्यादेशमार्फत देश चलाउन खोज्नु गलत भएको बताउनुभयो ।लोकतान्त्रिक मूल्य, मान्यताअनुरूप संसदीय प्रणालीभित्रै रहेर कांग्रेसले प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने उहाँले स्पष्ट पार्नुभयो ।

लोकतान्त्रिक मूल्य, मान्यताअनुरूप संसदीय प्रणालीभित्रै रहेर कांग्रेसले प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्