ग्लान वंश नेपालको राष्ट्रिय भेला नुवाकोटमा सम्पन्न, केन्द्रीय तदर्थ समिति गठन
नुवाकोट,बैशाख १८। ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन कार्यक्रम भव्यतापूर्वक नुवाकोटमा सम्पन्न भएको छ।
नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका–४, गोल्फु नाम्सापुरानमा आयोजित उक्त ऐतिहासिक कार्यक्रममा देशका विभिन्न जिल्लाबाट ग्लान समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
झापा, उदयपुर, सिन्धुली, सर्लाही, बारा, मकवानपुर, चितवन, गोरखा, नुवाकोट, धादिङ, लम्जुङ, काभ्रे, काठमाडौं, ललितपुर, भक्तपुर तथा सिन्धुपाल्चोक लगायत जिल्लाबाट आएका प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
भेलाले अर्जुन ग्लानको संयोजकत्वमा ११ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको छ। समितिमा ललित ग्लान (मकवानपुर), सर्केस ग्लान (मकवानपुर), रक्षक बहादुर ग्लान (काठमाडौं), छिरिङ दोर्जे ग्लान (नुवाकोट), बच्चुराम ग्लान (तादी), ज्ञानबहादुर ग्लान (दुप्चेश्वर), आनन्दी ग्लान (ककनी), बिना ग्लान (ललितपुर), शर्मिला ग्लान (धादिङ) र करुणा ग्लान (सूर्यगढी) सदस्य रहेका छन्।
कार्यक्रममा प्रमुख अतिथि हितबहादुर तामाङले सहभागी सम्पूर्ण ग्लान बन्धुहरुलाई धन्यवाद व्यक्त गर्दै नवगठित समितिका पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

