संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता



काठमाडौँ,बैशाख २०— रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि सरकारसमक्ष फिर्ता पठाउनुभएको छ।राष्ट्रपतिले यसअघि संघीय संसद्का दुवै सदनबाट पारित भइसकेको विधेयकलाई फिर्ता गर्नुपर्ने कारण देखाउँदै सो अध्यादेश पुनर्विचार गर्न आवश्यक रहेको ठहर गर्नुभएको हो।

यसैबीच राष्ट्रपतिले आठमध्ये सातवटा अध्यादेश भने जारी गर्नुभएको छ। आइतबार उहाँले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ जारी गर्नुभएको हो।

यसअघि नै बालेन शाह नेतृत्वको सरकारले सिफारिस गरेका छ वटा अध्यादेश राष्ट्रपतिबाट जारी भइसकेका छन्। तर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि फिर्ता गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्