धरौटी वा जमानतमा शेखर गोल्छालाई छाड्न सर्वोच्चको आदेश
काठमाडौँ,बैशाख २१ — सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छा लाई धरौटी वा जमानतमा रिहा गर्न आदेश दिएको छ।
गोल्छाकी पत्नी सीमा गोल्छा ले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो।आदेशअनुसार धरौटी वा जमानतमा छाड्न नसकिने अवस्था भएमा मात्रै उनलाई थुनामा राख्न सकिने उल्लेख गरिएको छ।
न्यायाधीशहरू महेश शर्मा पौडेल र श्रीकान्त पौडेल को इजलासले अनुसन्धान अधिकारीले धरौटी वा जमानतमा छाड्न सकिने अवस्था हुँदाहुँदै थुनामा राख्न अनुमति लिएको भन्दै सो प्रक्रिया नै खारेज गरेको जनाएको छ।
गोल्छा गत वैशाख ११ गते पक्राउ परेका थिए। नेपाल धितोपत्र बोर्ड को छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ले उनलाई नियन्त्रणमा लिएको थियोे ।

