नुवाकोटमा बोलेरो दुर्घटना
नुवाकोट,बैशाख २२— जिल्लाको तार्केश्वर गाउँपालिका–६, मझुवामा बोलेरो गाडी दुर्घटना भएको छ।
मंगलबार दिउँसो बा १८ च ८६३४ नम्बरको बोलेरो सडकबाट करिब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार गहुँ लोड गर्ने क्रममा गाडी अनियन्त्रित भई दुर्घटना भएको हो। घटनामा एक जना सामान्य घाइते भएका छन्।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

