नुवाकोटमा महिला मृत फेला



नुवाकोट,बैशाख २२ । नुवाकोटमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको शिवपुरी गाउँपालिका–५, नेपानेकी ४६ वर्षीया पार्बती तामाङ आफ्नै घर नजिकै झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरीको विशेष टोली घटनास्थल पुगेको र आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। मृतक तामाङ तीन सन्तानकी आमा रहेको बताइएको छ।

घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्