बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा



काठमाडौं,बैशाख २२ । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारले भाषा दिवसको अवसरमा उक्त दिन प्रदेशभर सरकारी कार्यालयहरू बन्द रहने जनाएको हो।

गत चैत २३ गते प्रकाशित सूचनाअनुसार वैशाख २४ गते बिहीबार प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा सार्वजनिक बिदा दिइने निर्णय गरिएको हो।

बागमती प्रदेश सरकारले २०८० साल वैशाख २४ गतेदेखि प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी ऐन कार्यान्वयनमा ल्याउँदै आएको छ। सोही दिनको सम्झनामा हरेक वर्ष भाषा दिवस मनाउने तथा सार्वजनिक बिदा दिने प्रचलन कायम गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्