राष्ट्रपतिबाट संघीय संसदको दुबै सदनको बैठक आह्वान
काठमाडौं,बैशाख २२ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि सङ्घीय संसद्को दुवै सदनका अधिवेशन आह्वान गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले सोमबार दिउँसो २ बजे सङ्घीय संसद् भवन, सिहंदरबारमा बैठक बस्ने गरी दुवै सदनका अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति यही वैशाख २२ गतेको सिफारिसमा सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।
सरकारले आज मात्र मन्त्रिपरिषदको बैठक राखेर संघीय संसदको दुबै सदनको अधिवेशन आव्हान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

